कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित

डिसी नेपाल
८ फागुन २०८२ १९:३६
36
Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित गरेको छ।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले सो कार्यविधि पारित गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठकमा कपिलवस्तुलगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक÷समर्थक तथा पार्टी अनुशासनविपरीत क्रियाकलापमा संलग्न सदस्यका सम्बन्धमा छलफल भएको कांग्रेसले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *