लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटीको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
६ भदौ २०७९ १२:०१
32
Shares

काठमाडौँ। लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको नगद लाभांश सुरक्षित गर्ने ६ भदौ अन्तिम दिन हो। दुवै फन्डले नगद लाभांश वितरण गर्न मंगलबार बुक क्लोज गर्दैछन्। यसर्थ, आजसम्म कायम सेयरधनीले मात्र फन्डले वितरण गर्ने नगद लाभांश सुरक्षित गर्नेछन्।

दुवै फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट समान ५–५ प्रतिशत नै नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेका छन्। यी फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ। दुवैलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.