केही दिन पानी नपर्ने, गर्मीबाट बच्न सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
६ भदौ २०७९ १२:४८
112
Shares

काठमाडौं। मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ। काठमाडौं उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

केही दिनयता काठमाडौं उपत्यकामा पानी पर्न छाडेको छ। पूरा आकाश खुल्दा गर्मी अत्यधि बढेको छ। आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौंको तापक्रम सोमबार ३० डिग्री सेल्सियस पुगेको छ।

‘विगत केही दिनदेखि वायुको तापक्रममा वृद्धि भइरहेको र आज पनि वृद्धि हुने क्रममै रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको नोटमा भनिएको छ।

यस वर्षको मनसुनमा देशभर आवश्यक मात्रामा पानी नपर्दा किसानहरू समस्यामा परेका छन् । मधेस प्रदेशलगायतका जिल्लामा तापक्रम उच्च रूपमा वृद्धि भएको छ। खडेरीले रोपेका धान पनि सुक्न थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.