७.३८ अंकले घट्यो नेप्से परिसूचक, म्युचुअल फण्डबाहेक सबै राताम्मे
काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज नेप्से ७.३८ अंकले घटेर २ हजार ०५३.१६ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७२ करोड ६२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरको भएको छ। यसको आज २८ करोड १८ लाखभन्दा बढीको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड बाहेक सबै राताम्मे भएको छ। आजको कारोबारमा मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै,एनअईबिएल समृद्धी फण्ड र दोर्दी खोला जलविद्युतका लगानीकर्ताले अधिक्तम गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment