नेकपा एमालेको चुनाव केन्द्रित बैठक आजबाट सुरु

डिसी नेपाल
७ भदौ २०७९ ८:४३
40
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठकहरु आजवाट सुरु हुने भएको छ।

मंगलवार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आब्हान गरिसकेको छ।

आज विहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्ने छ। बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको बिषयमा छलफल गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.