इस्टर्न हाइड्रोपावरको ६ लाख २० हजार कित्ता आइपिओ बिक्री खुला
काठमाडौँ। इस्टर्न हाइड्रोपावरको ६ लाख २० हजार कित्ता आइपिओ आज (भदौ ७ गते) देखि बिक्री खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ६ करोड २० लाख रुपैयाँ बराबरको आइपिओ बिक्री खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल गर्ने भएको छ। यस आइपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले यस आइपिओमा भदौ २१ गतेसम्म आवेदन दिन पाउने छन्। सो निर्धारित समय भित्र आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा असोज ५ गतेसम्म भर्न पाउने छन्।
स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन्। रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।







डिसी नेपाल








Facebook Comment