झिनो अंकले बढेर बन्द भयो सेयर बजार
काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। आज नेप्से १.८१ अंकले बढेर २ हजार ०५४.९५ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरको भएको छ। यसको आज २८ करोड १८ लाखभन्दा बढीको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटा उपसुचकमध्ये १ उपसुचक स्थिर, ५ उपसुचक बढेको छ भने बाँकी उपसुचक घटेको छ। आजको कारोबारमा रुरु जलबिद्युत परियोजना, मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, सिद्धार्थ इक्युती फण्ड र एभरेष्ट बैंकको प्रिफरेन्स सेयरका लगानीकर्ताले अधिकतम गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment