पार्टीभित्रको एकता बलियो बनाउन एमाले अध्यक्षको आग्रह

डिसी नेपाल
७ भदौ २०७९ १९:५८
36
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकता बलियो भएमा आउँदो निर्वाचनमा धेरै स्थानमा जित्न सकिने बताएका छन्। एमालेमा गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको अन्तरघातबारे छानबिन चलिरहेको छ ।

एमालेको पर्सा जिल्ला कमिटीले आज काठमाडौँमा आयोजना कार्यक्रममा अध्यक्ष ओलीले आफू उम्मेदवार नभए वा अवसर नपाएमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने प्रवृत्ति त्यागेर जिताउने भूमिका निर्वाह गर्न आग्रह गरे । उनले जनता र कार्यकर्तासँग विनम्र, भद्र र शालीन भएर पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै पार्टीले निर्वाचन जितेर सरकारको नेतृत्व गर्ने स्थिति भएमा थप अवसर सिर्जना हुने विश्वास दिलाए ।

पूर्व प्रधानमन्त्री ओलीले मधेसतिर जाँदा एमालेलाई मधेस विरोधी र पहाडतिर जाँदा पहाड विरोधी हो भनेर चलाइएका हल्ला गलत सावित भएकाले अबको निर्वाचनमा त्यस प्रकारको हल्लाको सामना गरिरहन नपर्ने स्पष्ट गरे । उनले नागरिकता समस्यालाई वास्तविकरुपमा समाधान गर्ने पार्टी एमाले मात्रै भएको जिकिर गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.