राष्ट्रपतिद्वारा ठेचोस्थित नवदुर्गा भवानीको प्रसाद ग्रहण

डिसी नेपाल
१० भदौ २०७९ २१:४८
28
Shares

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण गरेकी छन्। ठेचोमा हाल सञ्चालन भइरहेको १२ वर्षे जात्राअन्तर्गत सो भवानी मन्दिरमा एक महिना ताल्चा लगाउने परम्परा छ । महिना दिनपछि बिहीबार मन्दिर खोलेपछि राष्ट्रपति भण्डारीले फूल तथा प्रसाद ग्रहण गरेको मान्दिर गुठीका अध्यक्ष धर्मराज मालीले बताए ।

गत साउन १० गते गठेमङ्गल अर्थात् गठामूग च¥हेका दिनदेखि हाल ठेचोमा नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा सञ्चालन भइरहेको छ । सो जात्रामा एक महिना नवदुर्गा भवानी देवीलाई ताल्चा लगाएर राखिने परम्परासँगै बिहीबार ‘येँ पञ्चदान’ का दिन उक्त ढोका खोलिएको थियो । सो जात्रा सञ्चालन भएदेखि नै राष्ट्र प्रमुखलाई प्रसाद पुर्‍याउन जाने चलन रहेको गुठीका पुजारी मालिले बताए ।

नवदुर्गाको प्रसाद लिएर आफूसँगै पुजारी गोपाल माली तथा गुठीका नाइके भक्तलाल माली, अर्का नाइके जितेन्द्र माली र नाइके पाँचभाइ मालीसँगै रमेश माली र सो भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली राष्ट्रपति निवास गएको गुठीका अध्यक्ष मालीले सुनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.