कर्णालीमा मन्त्री फेर्दा ‘श्रीमतीलाई राेजेकाे मन्त्रालय’

डिसी नेपाल
१४ भदौ २०७९ ११:४८
280
Shares

सुर्खेत। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले १६ अगष्टमा सामाजिक सञ्जालमा अब कठोर निर्णयको मोडमा भन्दै स्टाटस लेखे।

उनको त्यो निर्णय के रहेछ भन्दै अधिकांश शुभचिन्तकले उनीमाथि टिप्पणी गरे। त्यसको ठिक पछिल्लो दिन बिहान अर्थात १७ अगष्टमा फेरि आचार्यले कठोर निर्णयबारे थप तीन बुँद्धे स्पष्टीकरण दिँदै लेखे:

१, रगत, पसिना र आँशुबाट निर्मित पार्टी परिवर्तन कल्पनाभन्दा बाहिरको हावादारी कुरा हो।

२, समानतावादी आन्दोलन र वैज्ञानिक विचार-पद्धतिको अगाडि कुनै पनि रुपको पद प्राप्ति मेरो लागि तुच्छ सवाल हो।

३, पार्टी जमेको पोखरी वा शान्त तलाउ होइन बेगवान नदी हुनुपर्छ। त्यसका लागि म बोल्छु किनकि म मान्छे हो, म बोल्छु किनकि म जिवित मान्छे हो, म बोल्छु किनकि म स्वतन्त्र मान्छे हो।

आचार्यले कठोर निर्णयको मोडमा लेख्दै गर्दा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको बैठक बस्दै थियो। त्यो निर्णय के रहेछ भन्दै माओवादी वृत्तमा खैलाबैलासमेत भयो।

सोही समयमा माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई प्रदेशसभाका सदस्य तथा कर्णाली प्रदेश माओवादी अध्यक्ष विमला केसीले अब कृष्णा शाहलाई मन्त्री नबनाउने हो भने खतरा हुने देखियो भन्दै रिर्पोटिङ गरिन्।

इन्चार्ज मल्लले तपाइँ कुनै निर्णय लिनुपर्दैन कृष्णा कमरेडलाई मन्त्री बनाइन्छ भन्दै आचार्यलाई जवाफ फर्काए। त्यो सन्देश पाएलगत्तै आचार्यले फेरि १७ अगष्टमा तीन बुँदे स्पष्टीकरण भन्दै अर्को स्टाटस लेखे।

त्यो स्पस्टीकरणमा ‘म माओवादी पार्टीभित्र प्रतिवद्ध छु’ भन्ने उल्लेख छ। कर्णाली प्रदेशका पार्टीको हरेक बैठकमा समेत आचार्य र शाहले अब सरकारको विषयमा के हुन्छ भन्दै पटक पटक एजेण्डा बनाउने क्रम जारी रहेको माओवादी वृतमा चर्चा छ।

आचार्यलाई मन्त्री बनाएपछि एक मात्र मन्त्री बन्न बाँकी रातो कामीलाई किन छुटाउने भन्दै माओवादीभित्र छलफल सुरु भयो। छलफलले दुवैलाई मन्त्री बनाउने भन्दै निर्णय गर्‍याे। निर्णय त गर्‍याे फेरि मन्त्रालय बाँडफाँडमा झमेला सुरु भयो।

जाजरकोटकै गणेशप्रसाद सिंहले लिएको मन्त्रालयमा जाजरकोटकै कृष्णा शाहलाई बनाउँदा त्यसको सन्देश राम्रो नजाने भन्दै रामदिप आचार्यले आर्थिक मामिला मन्त्रालय आफ्नो श्रीमतीलाई मन्त्री बनाउनुपर्ने तर्क गरे।

त्यो तर्कमा उनी खरो रुपमा उत्रिएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा रामो कामीलाई नियुक्त गरियो। यो मन्त्री फेर्ने कुरामा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई चित्त बुझेको छैन।

उनी भन्छन्, ‘काम गर्ने इच्छा, शक्ति भएकालाई फिर्ता बोलाउने कसरी हुन्छ? यहाँ राम्रो भन्दै राजीनामा दिन आएका मन्त्रीलाई प्रश्न गरेका थिए। ‘तपाइँहरू हुँदा मन्त्रिपरिषद् जस्तो देखिएको थियो अब फेरि बर्बाद भयो,’ मुख्यमन्त्री शाहीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.