अस्कर २०२३ को होस्ट प्रस्ताव क्रिसद्वारा अस्वीकार

डिसी नेपाल
१४ भदौ २०७९ १४:३१
116
Shares

काठमाडौं । यो वर्षको मार्चमा भएको अस्कर इभेन्टमा भएको थप्पड काण्ड पछि हलिउड कमेडियन क्रिस रकले आगामी वर्षको अस्कर होस्ट गर्ने प्रस्तावलाई अस्वीकार गरेका छन् । अस्कर २०२२ को बेला अभिनेता विल स्मिथले अस्कर समारोह भइरहँदा होस्ट क्रिसलाई थप्पड हानेका थिए । यो घटनापछि अभिनेता लगातार विवादमा आइरहेका छन् ।

विलले यो घटनापछि अस्कर एकेडेमीबाट राजीनामासमेत दिनुपरेको थियो । यद्यपि उनले सार्वजनिक रुपमा आफ्नो हर्कतका लागि माफीसमेत मागेका थिए । तर, मामला अझ बढ्दै गएपछि उनले राजीनामा दिनु परेको थियो । एकेडेमीले स्मिथलाई १० वर्षसम्म प्रतिबन्ध लगाइसकेको छ ।

क्रिसले पुनः अस्करमा जानु आफ्नो लागि अपराध गरेर फर्किए सरह हुने बताएका छन् । उनले आफूलाई होस्ट गर्ने अफरलाई सन् १९९५ मा भएको ओजे सिम्पसन मर्डर घटनासँग तुलना गर्दै पुनः अस्कर होस्ट गर्नु भनेको आफ्ना लागि ब्राउनलाई उनको आमाको हत्या भएको ठाउँमा पठाउनुजस्तै भएको खुलाए ।

उनले थप्पड काण्डपछि सुपर बलको विज्ञापनमा अभिनयको प्रस्ताव पनि अस्वीकार गरेको खुलाएका छन् । विलले आफ्नो पत्नी जेडा स्मिथमाथि क्रिसले मजाक गरेपछि विलले उनीमाथि थप्पड हिर्काएका थिए । क्रिसले जेडाको मुण्डन शीरमाथि मजाक गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.