थप २५७ जनामा कोरोना संक्रमण, २३२ निको
काठमाडौं । नेपालमा २४ घण्टामा २५७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ९२१ नमूना परीक्षण गर्दा २५७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १ हजार ४५८ र एन्टिजेनबाट २ हजार ४६३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १४३ र एन्टिजेनबाट ११४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
सोही अवधिमा नेपालमा २३२ जनाले संक्रमणलाई पराजित गरेका छन् । आज थपिएकासँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment