प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौँ ६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस

डिसी नेपाल
१७ भदौ २०७९ १७:२०
92
Shares

काठमाडों । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।

नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि हुन् ।

विगत १० वर्षदेखि काठमाडौँ महानगरपालिका–२६ बाट कांग्रेसको क्रियाशील सदस्य रहेका परियार यसअघि पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य थिए । कक्षा ८ मा पढ्दा २०४८ सालमा नेविसङ्घको स्कुल सचिव भएका उनी २०६१ सालमा पार्टी विभाजन भएर नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक हुँदा कांग्रेस प्रजातान्त्रिकको भ्रातृ संस्था नेपाल दलित सङ्घको केन्द्रीय कोषाध्यक्ष भएर काम गरेका थिए ।

उनले समय साप्ताहिकमार्फत पत्रकारिता पेश सुरु गरेका थिए। नागरिक दैनिक, अन्नपूर्ण पोष्टलगायतका सञ्चार माध्यमहरुमा १५ वर्ष विभिन्न पदमा रहेर पत्रकारिता गरेका परियारलाई यसअघि २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वरिष्ठ सञ्चार विज्ञमा नियुक्त गरिएको थियो ।

अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका परियारले समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.