नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रयासरत छौँ : मुख्यमन्त्री बानियाँ
बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रको सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रदेश सरकार प्रयासरत रहेको बताएका छन्।
मकवानपुरको बकैया गाउँपालिकास्थित बिपी स्मृति आधारभूत अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रयासरत रहेको बताए।
पछिल्लो समय हेटौँडा अस्पतालमा देखिएका समस्या समाधान गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगिएको बताउँदै स्वास्थ्य संस्थामा औषधि तथा उपकरणको अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे। गरिबका छोराछोरीलाई डाक्टर बन्न प्रदेश सरकारले छात्रवृत्ति लगायतका कार्यक्रमसमेत सञ्चालन गरेको बताउँदै मुख्यमन्त्री बानियाँले उपचारको अभावमा कुनै पनि नागरिकलाई ज्यान गुमाउनुुपर्ने अवस्थाको अन्त्य गरिने बताए।
संघीय सरकारको रु छ करोड ५८ लाख ९९ हजार १७६ लागतमा निर्माण भएको उक्त अस्पताल भवनको मुख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment