लाइगर फ्लप भएपछि विजय देवरकोन्डाले निर्मातालाई पैसा दिने
काठमाडौं । विजय देवरकोन्डा स्टारर फिल्म ‘लाइगर’को बक्स अफिस असफलताले निर्मातालाई स्तब्ध बनाएको छ । विजय फिल्मलाई लिएर निकै विश्वस्त पनि थिए, उनले फिल्म बहिष्कार गर्नेलाई पनि चुनौती दिए । अब भर्खरैको रिपोर्ट अनुसार, विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।
फिल्म मिडिया रिपोर्टका अनुसार यो फिल्म १०० करोडभन्दा बढीको बजेटमा बनेको हो । तर, लाइगरले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन । न्युज १८ को रिपोर्ट अनुसार अभिनेताले निर्मातालाई ६ करोडभन्दा बढी दिने निर्णय गरेका छन् ।
फिल्म फ्लप भएपछि विजयले चार्मी कौर र अन्य सह-निर्माताहरूलाई समर्थन गर्ने निर्णय गरेका छन्। विजय देवरकोंडाले आफ्नो अर्को प्रोजेक्ट जन गण मन निर्देशक पुरी जगन्नाथसँग गर्न लागेका छन्। बक्स अफिसमा लाइगरको असफलताले उनको अर्को फिल्मलाई पनि असर गर्न सक्छ।
रिपोर्टका अनुसार लाइगरको असफलतालाई मध्यनजर गर्दै जन गण मनको बजेट अलिकति घटाइएको छ । विजय र पुरी जगन्नाथले फिल्मका लागि आफ्नो पारिश्रमिक नलिने निर्णय गरेका छन् । बक्स अफिसमा लाइगरको असफलताका कारण भएको नोक्सानीको पूर्ति गर्न दुवैले यो निर्णय लिएको बताइएको छ । यदि जन गण मन बक्स अफिसमा सफल साबित भयो भने, विजयले केही नाफा बाँड्नेछन्।







डिसी नेपाल







Facebook Comment