नर्भिकले ३ दिन फ्रि केमिकल पिल सञ्चालन गर्ने

डिसी नेपाल
१९ भदौ २०७९ १५:३२
184
Shares

काठमाडौँ। नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पीलको सेवा सञ्चालन गर्न लागेको हो।

फ्री केमिकल पील सेप्टेम्बर ७, १४ र २१ तारिखका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन्।
उनकाअनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फूस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फूटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमिकल पिलमा सहभागी भएर लाभ उठाउन सक्नेछन्।

यो अभियान अन्तर्गत अस्पतालले छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गर्नेछ। तर, औषधि भने निःशुल्क हुनेछैन।
नर्भिकले हालै आफ्नो कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको थियो । यो एउटै मसिनको मद्धतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ।

यो मसिनको मद्धतबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ। अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्कीनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ। यो फेसियल स्कीनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मसिन हो । यो मसिनको मद्धबाट गुणस्तरीय सेवा लिनेको संख्या पछिल्ला दिन बढ्दो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.