देशभर १४२ जना कोरोना संक्रमित थपिए, २३० जना निको
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनामा परीक्षण गर्दा १४२ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार ७५६ पीसीआर परीक्षण गरिएकोमध्ये ११६ जनामा र १ हजार ६९४ एन्टीजेन परीक्षण गरिएकोमा २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा २३० जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५२८ रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment