नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको कटिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन्।
नेपाल जन–प्रशासन संघको २६ औं वार्षिक साधारण सभा तथा २१औं राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले रुल अफ ल लागू गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘कानुन परिपालना गर्ने कुरामा कोही पनि कटिबद्ध छैन। अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो। त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन। रुल अफ ल भनेको अत्यन्त महत्वपूर्ण कुरा हो। अहिले हामीले स्थापित गर्नुपर्ने भनेको रुल अफ ल हो। त्यसको विकल्प छैन तर त्यो गर्न सकिएको छैन।’
साथै खनालले बोलेका कुरा सबै लागु गर्न सके मात्र आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताए। उनले बोलेका कुरा कतिपय अवस्थामा पूरा गर्न नसकिने उल्लेख गर्दै प्रणालीमा ‘वाक इन द टक’को ठूलो समस्या रहेको बताए।
उनले भने, ‘सैद्धान्तिक कुराको नेपालमा त्यति मान्य छैन। हामीले के गर्छौं व्यवहारमा त्यो मान्य लाग्छ। जे बोल्छौं त्यहि गर्नको निम्ति कतिपय अवस्थामा सक्दैनौं। प्रणालीमा ‘वाक इन द टक’ को ठूलो समस्या छ। कुनै पनि दायित्व नलिइकन गर्यो भने गर्न सकिन्छ तर त्यही कुरा दायित्व लिएर गर्यो भने गर्नै सकिँदैन। गर्न सकिने कुरा मात्र बोल्ने, र बोलेको कुरा सबै गर्ने यदी हामीले गर्न थाल्यौं भने हाम्रो जेनजीले आशा गरे अनुरुपको परिवर्तन सम्भव छ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment