झापा-५ बाट केपी ओलीको नाम सिफारिस

डिसी नेपाल
२० भदौ २०७९ १३:५२
28
Shares

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा-५ बाट सर्वसम्मत सिफारिस भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा-५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए।

२०७४ सालको निर्वाचनमा पनि ओली झापा-५ बाटै निर्वाचित भएका थिए। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.