झिंगे दाउ हेर्न चितवन पुगेकी आँचल शर्मालाई जब दर्शकले घेराहाले….(फोटोफिचर)

डिसी नेपाल
२० भदौ २०७९ १८:०५
144
Shares

काठमाडौं । आँचल शर्मासहितको अभियनय रहेको चलचित्र झिंगे दाउ प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिंगे दाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् ।

चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँछाडमछाड नै चलेको थियो ।

 

चितवनका दुवै हलमा झिंगे दाउको शो हाउस फुल भएको नायिका आँचलले जानकारी दिइन् । दर्शकको सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिएकी उनले दर्शकको माया र सद्भावले नतमस्तक भएको प्रक्रिया दिइन् ।

 

हलमा नायिका आँचललाई देखेपछि दर्शकले सेल्फी लिन घेरा हालेका थिए । उनीसँग तस्बिर लिन वृद्धदेखि बालकसम्म झुम्मिएका थिए । ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र झिंगे दाउमा आँचलसहित केकी अधिकारी, मुकुन भुसााललगायत कलाकारको अभिनय छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.