भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्रीसँग भेट गर्दै, माउन्टेन फ्लाइट गर्ने

डिसी नेपाल
२१ भदौ २०७९ ६:४६
64
Shares

काठमाडौं। भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन्। अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।

पाँच दिने भ्रमणका क्रममा पाण्डेले त्यसअघि आज बिहान माउन्टेन फ्लाइट गर्ने कार्यक्रम रहेको छ। उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

आज साँझ उनी पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ। पाण्डेलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.