प्रचण्डको दाबी : कांग्रेसले ८०, माओवादीले ६० सिट आसपास पाउँछ
काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसले ८० सिट पाउने गरी सिट बाँडफाँट टुंगिने चरणमा पुगेकाे बताएका छन्।
मंगलबार धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कांग्रेसले ८० सिट माओवादीले ६० वरिपरी र एकीकृत समाजवादीले २५ सिट पाउने गरी सहमतिकाे प्रयास भइरहेकाे बताएका हुन्।
उनले सिट सङ्ख्यामा आ-आफ्नै दाबी हुने भए पनि कांग्रेसले सुरुमा सय भने पनि अहिले ८० को वरिपरि आउने सम्भावना रहेको बताए। त्यस्तै माओवादीले ६० मा दाबी गरेपनि केही सङ्ख्या तलमाथि हुनसक्ने भन्दै नेकपा एकीकृत समाजवादी र नेसपामा पनि २५ सिटको वरिपरिबाटै सहमति खोजिने बताए।
‘कांग्रेस ८० वरिपरि मान्लाजस्तो छ र हामीले पनि ६० सिट दाबी गरेका हौं। त्यसैको वरिपरि सहमति गर्नेतर्फ उन्मुख छ। एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ मागिरहेका छन्। यी सबै विषयमा बुधबार शीर्ष नेताहरू बसेर टुंग्याउँछौं,’ उनले भने।
अध्यक्ष प्रचण्डले गठबन्धनमा सिट सङ्ख्या, क्षेत्र र प्रदेश एकैचोटी टुङ्ग्याउने भनेर गठबन्धन लागिरहेको बताए।







डिसी नेपाल








Facebook Comment