सपना चौधरीले अदालतमा आत्मसमर्पण गर्ने

डिसी नेपाल
२१ भदौ २०७९ १२:११
604
Shares

काठमाडौं । हरियाणाकी चर्चित डान्सर तथा गायिका सपना चौधरीको कठिनाइ लगातार बढ्दै गएको छ । सपना चौधरीमाथि ठगी मुद्दा चलिरहेको छ । अदालतले सपना विरुद्ध गैर जमानती वारेन्ट जारी गरेको छ । यस मामिलामा अब सपना आफैं अदालत पुग्ने छिन् ।

नयाँ जानकारी अनुसार सपना चौधरीले ठगी मुद्दामा आज अदालतमा आत्मसमर्पण गर्ने छिन् । यसका लागि सपना चौधरी लखनउ पुगेकी छिन् । अदालतले सपना विरुद्ध गैर जमानती वारेन्ट जारी गरेपछि उनीमाथि गिरफ्तारीको तरवार झुण्डिएको छ । तर अब सपनाले आत्मसमर्पण गर्न लागेकी छिन् ।

सपना चौधरी र अन्य विरुद्ध लखनऊको आशियाना पुलिस स्टेशनमा ठगी मुद्दामा एफआईआर दर्ता गरिएको थियो। सपना चौधरीले पैसा लिएर पनि डान्स शोमा नपुगेको आरोप छ । यस मामिलामा सपना विरुद्ध एफआईआर दर्ता गरिएको थियो।

यो मामला सन् २०१८ को हो। जानकारी अनुसार १३ अक्टोबर २०१८ मा दिउँसो ३ बजेदेखि १० बजेसम्म स्मृति उपवनमा सपना चौधरीलगायतको कार्यक्रम थियो जसका लागि प्रतिव्यक्ति ३ सय रुपैयाँमा अनलाइन र अफलाइन टिकट बिक्री भएको थियो ।

यो कार्यक्रम हेर्न टिकट लिएर हजारौं मानिस उपस्थित थिए तर सपना चौधरी राति १० बजेसम्म पनि आइनन् । यो कुरालाई लिएर दर्शकले हंगामा मच्चाएका थिए । त्यसपछि टिकट धारकको पैसा पनि फिर्ता भएन । ४ सेप्टेम्बर २०२१ मा, अदालतले यस मुद्दामा सपना चौधरीको निवेदन खारेज गर्यो। अब सपना यस विषयमा आज अदालतमा हाजिर हुनेछिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.