उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परे : कोइराला

डिसी नेपाल
२१ भदौ २०७९ १४:१८
68
Shares

काठमाडौँ। नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेकी छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

पूर्व परराष्ट्रमन्त्री समेत रहेकी सांसद कोइरालाले नेपालको स्थापित मूल्य र मान्यता तथा तटस्थ परराष्ट्र नीतिको सम्बद्र्धन गर्नुपर्नेमा जोड दिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.