नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई बैंकको ऋणपत्र सूचीकृत भएको छ।
बैैंकको १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत – २०९३/९४’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २७ लाख २७ हजार ४३७ कित्ता नेप्से सूचीकृत भएको छ।
यो ऋणपत्र सिद्धार्थ क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। एनएमबि बैंकको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज पाउनेछन्।
यता, प्राइम बैंकको १० वर्ष अवधिको ‘प्राइम डिबेन्चर २०८४’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता नेप्से सूचीकृत भएको छ।
यो ऋणपत्र सानिमा क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। यस ऋणपत्रमा वार्षिक १०.१५ प्रतिशत ब्याजदर पाइनेछन्।







डिसी नेपाल








Facebook Comment