नेप्सेमा दुई बैंकको ऋणपत्र सूचीकृत

डिसी नेपाल
२२ भदौ २०७९ १३:५१

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई बैंकको ऋणपत्र  सूचीकृत भएको छ।

बैैंकको १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत – २०९३/९४’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २७ लाख २७ हजार ४३७ कित्ता नेप्से सूचीकृत भएको छ।

यो ऋणपत्र सिद्धार्थ क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। एनएमबि बैंकको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज पाउनेछन्।

यता, प्राइम बैंकको १० वर्ष अवधिको ‘प्राइम डिबेन्चर २०८४’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता नेप्से सूचीकृत भएको छ।

यो ऋणपत्र सानिमा क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। यस ऋणपत्रमा वार्षिक १०.१५ प्रतिशत ब्याजदर पाइनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *