गणेश नेपाली मृत्यु प्रकरणपछि सडकबाट हटाइएका नगर प्रहरी पुनः कार्यक्षेत्रमा फर्किए (तस्बिर)

डिसी नेपाल
३१ असार २०८३ १३:०८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरू आफ्नो नियमित कार्यक्षेत्रमा फर्किएका छन्।

केही समयअघि गणेश नेपालीको निधनसँग जोडिएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा जोखिम बढेको भन्दै सडकबाट हटाइएका नगर प्रहरीहरू अब पुनः सक्रिय रूपमा फिल्डमा खटिएका हुन्।

नगर प्रहरी सडकबाट हट्दा महानगरका न्युरोड लगायतका व्यस्त बजार क्षेत्रहरूमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमणको समस्या पुनः बढ्न थालेको थियो।

नगर प्रहरीको अनुपस्थितिमा सडकपेटीमा हुने अनधिकृत व्यापार र ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती देखिएपछि महानगरले सुरक्षा सतर्कता अपनाउँदै उनीहरूलाई पूर्ण रूपमा पुनः परिचालन गरेको हो। अव्यवस्थित फुटपाथ र सवारी आवागमनलाई सहज बनाउने उद्देश्यका साथ नगर प्रहरीले अब आफ्नो नियमित ड्युटीलाई निरन्तरता दिने भएको छ।

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *