संघ र प्रदेश निर्वाचन : माओवादी केन्द्रले टुंग्यायो उमेद्वार

सुरेन्द्र सुवेदी
२४ भदौ २०७९ ९:५८
156
Shares

पाँचथर। आसन्न संघ र प्रदेशको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उमेद्वारहरुको नाम सिफारिस गरेको छ। हालै सम्पन्न बैठकले संघतर्फ प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्बाङलाई प्रत्यक्षतर्फ र नरबहादुर दुलाललाई समानुपातिकतर्फ नाम सिफारिस गरेको हो।

प्रदेशतर्फ २ निर्वाचन क्षेत्र रहेको यहाँ क मा सितादेवि थेबे, हर्कबहादुर नेम्बाङ र लालबहादुर गुरुङ प्रत्यक्षतर्फ र ख मा इन्द्रबहादुर आङबो, शंखध्वज नेम्बाङको नाम सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ ।

समानुपातिकतर्फ होमबहादुर जबेगु, बिशाल रसाइली, जुनु लावती, मेदनी खत्री र पेम्बा शेर्पाको नाम सिफारिस भएको छ। यसअघि संघका लागि एमालेबाट केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बसन्तकुमार नेम्बाङ र नेपाली कांग्रेसबाट सहमहामन्त्री भिष्मराज आङदेम्बे सर्वसम्मत उमेद्वार घोषित भएका छन् ।

,
एमालेले प्रदेश क मा राजकुमार भण्डारी, ख मा अइन्द्रसुन्दर नेम्बाङ, कृष्णकुमार आङदेम्बे र धनप्रसाद फियाकको नाम सिफारिस गरिसकेको छ । नेपाली कांग्रेसले क मा प्रत्यक्षतर्फ नरेन्द्रकुमार केरुङ, रुपनारायण जबेगुसमेतको नाम पठाएको छ । ख मा गंगा आङदेम्बे, गोपालप्रसाद पोख्रेल, चन्द्रकुमार आङदेम्बेको नाम सिफारिस गरेको छ।

संघको समानुपातिक तर्फ सुरेन्द्रकुमार दाहाल, निरबहादुर बिक, छवि बाँस्कोटा र लवदेव ढुंगानाको नाम पठाएको छ भने प्रदेशतर्फको समानुपातिकमा कल्पना थापा, मधु जबेगु, हिमा अधिकारी, केदारप्रकाश बास्कोटा, ओनाहाङ नेम्बाङ, जयप्रकाश रिजाल, मैया लावती, देविचन्द्र पोर्तेलसमेतको नाम सिफारिस गरिएको कांग्रेस नेता सुबराज थापाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.