थप १५२ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

डिसी नेपाल
२४ भदौ २०७९ १७:१०
16
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार २९४ जनाको कोरोना परीक्षण गर्दा १५२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

एक हजार १६८ जनाको पीसीआर परीक्षण गर्दा ११० र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३३ जना सङ्क्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

देशभर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४४८ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.