कमल थापाको उपाध्यक्षलाई ओलीले आफ्नो पार्टीमा लगे

डिसी नेपाल
२५ भदौ २०७९ १५:१७
156
Shares

काठमाडौं। कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

कर्णाली विकास बैंकका अध्यक्ष रहेका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य गुलावजङ्ग शाहको पनि उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.