चिनियाँ जनकांग्रेसका अध्यक्ष ली र सभामुख सापकोटाबीच भेटावर्ता
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच छलफल भएको छ ।
सङ्घीय संसद भवन नयाँ वानेश्वस्थित ल्होत्से हलमा नेपाल र चीनको संसदका नेतृत्वसहित प्रतिनिधि मण्डलवीच द्विपक्षीय भेटवार्ता भएको हो ।
यसअघि सङ्घीय संसद, प्रतिनिधि सभाका सभामुख सापकोटा र अध्यक्ष लीबीच शिष्टाचार भेट वार्ता भएको छ । उनीहरुबीच सङ्घीय संसद भवन नयाँ वानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको हो । सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली आजै काठमाडौं आइपुगेका हुन्।





प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment