एक करोडको ‘भवन कीर्ति रत्न पुरस्कार’ राष्ट्रिय आविष्कार केन्द्रलाई

डिसी नेपाल
२८ भदौ २०७९ १८:५५
80
Shares

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ ।

गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच महाबिर पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । शिक्षा मन्त्री देवेन्द्र पौडेल लगायतले पुनलाई उक्त पुरस्कार हस्तान्तरण गरे ।

कार्यक्रममा मन्त्री पौडेलले नेपालमा अनुसन्धानका काममा कसैलाई चासो भएको नपाइएको बताए । आविष्कार र अनुसन्धानमा महाविर पुनले खेलको भूमिकालाई सबैले सकारात्मक रुपमा लिएको उनले बताए । मन्त्री पौडेलले असोज १ गते सरकारले बिज्ञान दिवस पनि मनाउन लागेको जानकारी दिए। नेपालमा नाष्ट भन्ने संस्था रहेको र दिनहुँ छलफल हुने गरेपनि अनुसन्धानको क्षेत्रमा चासो देखिएको उनले बताए ।

पुरस्कार ग्रहण गर्दै पुनले आविष्कार केन्द्रको शुभारम्भ मात्रै आफुले गर्न खोजेको भन्दै नेपालमा धेरै आविष्कार क्षेत्र बिकास गर्नुपर्ने बताए । नेपाल गरिब भएकै कारण युवाहरु बिदेशिन बाध्य भएको र उद्योगी व्यवसायीहरुले नै रोजगारीको सिर्जना गर्नुपर्ने बताए ।

उनले नेपालका आफ्नो आविष्कार केन्द्रबाट तीव्रतर रुपमा काम हुन सके अरु देशको दाँजोमा कहिल्यै पछि नपर्ने धारणा राखे । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.