लक्ष्मी लघुवित्तमा आवद्ध २१ जना ग्राहक सदस्यहरुको लागि खेलौना बनाउने तालिम
काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ललितपुर जिल्लाको भैंसेपाटी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ ।
उक्त तालिम २०७९ भाद्र २६ र २७ गते गरी २ दिन सम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो ।
तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै संस्थाका नायव प्रबन्धक माधव प्रसाद शर्माले भने, “तालिमबाट सिकेको सीपलाई उद्यमशिलता विस्तारमा लगाउनुपर्ने र समयको उचित सदुपयोग गरी सानो आयमूलक क्रियाकलापबाट समेत आम्दानी सिर्जना गर्न सकिने भएकोले सो तालिम प्रदान गरेका हौँ।”
लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।







डिसी नेपाल








Facebook Comment