लक्ष्मी लघुवित्तमा आवद्ध २१ जना ग्राहक सदस्यहरुको लागि खेलौना बनाउने तालिम

डिसी नेपाल
२९ भदौ २०७९ ११:४८

काठमाडौँ। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ललितपुर जिल्लाको भैंसेपाटी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ ।

उक्त तालिम २०७९ भाद्र २६ र २७ गते गरी २ दिन सम्म सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो ।

तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै संस्थाका नायव प्रबन्धक माधव प्रसाद शर्माले भने, “तालिमबाट सिकेको सीपलाई उद्यमशिलता विस्तारमा लगाउनुपर्ने र समयको उचित सदुपयोग गरी सानो आयमूलक क्रियाकलापबाट समेत आम्दानी सिर्जना गर्न सकिने भएकोले सो तालिम प्रदान गरेका हौँ।”

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्‍याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *