संसदीय समितिलाई पूर्वप्रधानन्यायाधीशले पनि बयान नदिने

डिसी नेपाल
३० भदौ २०७९ ११:२६
40
Shares

काठमाडौं
पूर्वप्रधानन्यायाधिहरु संसदीय समितिमा वयानका लागि उपस्थित नहुने प्रतिक्रिया जनाएका छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले डाकेको छलफलमा नजाने भन्दै सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वयानका लागि उपस्थित नहुने बताएका हुन।

समितिले उनिहरुलाई बिहीबार दिउँसो १ बजेका लागि छलफलमा बोलाएको थियो । उनीहरुले समितिको छलफलमा जानु उपयुक्त नहुने प्रतिक्रिया दिएका छन् । आफूहरूले यसबारे आफ्नो धारणा लिखित रूपमै सार्वजनिक गर्ने पूर्वप्रधानन्यायाधीश शर्माले बताए ।

जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बिहीबार बोलाएको थियो । समितिले बोलाएको पत्र पाएपछि सर्वोच्चका सबै न्यायाधीश सम्मिलित भएर फुलकोर्टको बैठकबाट वयानका लागि उपस्थित हुनु जायज नहुने निर्णय गरेका थिए।

फुलकोर्टले न्यायाधीशहरूलाई महाभियोग सिफारिस समितिमा उपस्थित गराएर सवालजवाफ गर्नु संवैधानिक मान्यताविपरीत हुने ठहर गरेको छ । उक्त निर्णय बुधबार नै महाभियोग सिफारिस समितिलाई पठाइएको छ ।

समितिले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाललाई बोलाएको थियो।

निलम्बित प्रधानन्यायाधीश जबराले समितिसमक्ष बयान दिने क्रममा ती न्यायाधीशमध्ये कतिपयको व्यक्तिगत आचारणमाथि अमर्यादित टिप्पणी गरेका थिए भने कतिपयलाई राजनीतिक रूपमा प्रभावित भएर फैसला गरेको आरोप लगाएका थिए । जबराले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पनि लाञ्छना लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.