प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौं। संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ।
बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७-०७८’ बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने छन्। राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दैछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment