चोलेन्द्रसँगको पूरक बयान सकेपछि महाभियोग सिफारिस समितिको बैठक स्थगित
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको पूरक बयान सकिएको छ । महाभियोग सिफारिस समितिको बैठकमा जबराले पूरक बयान दिएका हुन् ।
जबरासँगको पूरक बयान सकिएसँगै समितिको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक बस्ने भएकोले समितिको बैठक स्थगित गरिएको समितिका सदस्य मीन विश्वकर्माले बताए । उनका अनुसार समितिले हालसम्म भएका विवरण समेटेर प्रतिवेदन लेख्दैछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment