अछामका दुबै सांसदले गराए सरकारको ध्यानाकर्षण

डिसी नेपाल
१ असोज २०७९ १४:१५
28
Shares

काठमाडौं । अछाम पहिरोको क्षतीबारे अछामका दुबै सांसदले संसदमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा बोल्दै अछामका दुबै निर्वाचन क्षेत्रबाट निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद डा भीम रावल र यज्ञबहादुर बोगटीले घटनाबारे ध्यानाकर्षण गराएका हुन् ।

सांसद रावलले बिहानै गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिवलाई घटनाबारे जानकारी गराएको जनाएका छन् । उनले राहत, उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरे ।

यस्तै अर्का सांसद बोगटीले मृतकलाई क्षतीपूर्ति, घाइतेको उद्धार तथा उपचार र बेपत्ताको खोजबिनका लागि आग्रह गरेका छन् । तीनदिनदेखि परेको अविरल बर्षापछि गएराती अछामका विभिन्न ठाउँमा पहिरो जाँदा हालसम्म १७ जनाको ज्यान गइसकेको छ, भने अझै ६ जना बेपत्ता छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.