मर्मत गरेकोले रानीपोखरी र धरहरा बनाए भन्ने ?–झलनाथ

डिसी नेपाल
१ असोज २०७९ १५:२३
480
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले केपी शर्मा ओली सरकारले केही सम्झनायोग्य काम नगरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको अन्तिम बैठकमा समापन मन्तव्य राख्दै खनालले सम्झनायोग्य काम ओली सरकारले नगरेको बताएका हुन् ।

‘खड्गप्रसाद ओलीले गरेको कुन चाहिँ काम कालजयी भयो ? सधैभरि नेपाली जनताले सम्झने के काम भयो ?’, खनालले प्रश्न गरे, ‘धरहरा ठड्याएँ, रानी पोखरी बनाएँ भन्ने ? रानीपोखरी प्रताप मल्लले बनाएका होइनन् ? धरहरा भीमसेन थापाले बनाएका होइनन् ? ठड्याउनेको नाम हुन्छ कि मर्मत गर्नेको नाम हुन्छ ? यो सबैलाई जानकारी भएकै होला ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.