गणतन्त्र दिवसमा कलाकारमध्ये क-कसले पाए पदक ?

डिसी नेपाल
३ असोज २०७९ १२:३२

काठमाडौं। गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुने ९९८ जनाको नाम घोषणा गरेकी छन्।
यसरी घोषणा गरिएका व्यक्तिलाई आगामी २०८० वैशाख १ गते नयाँ वर्षको दिन राष्ट्रपतिबाट ती मानपदवी, अलङ्कार र पदक प्रदान गरिन्छ।

अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि मानपदवी, अलङ्कार र पदक पाउनेको सूचिमा थुप्रै कलाकारहरुको नाम समेटिएको छ। यसवर्ष चार जना कलाकारलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ। सुकीर्तिमय राष्ट्रदीप पाउनेमा वरिष्ठ कलाकार नीर शाह, नायक राजेश हमाल, कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ रहेका छन्।

राष्ट्रपतिले सुप्रबल जनसेवाश्री अभिनेता अर्जुन श्रेष्ठलाई दिने घोषणा गरेकी छन्। अभिनेता तथा निर्देशक कृष्ण कुमार मल्ल र कलाकार मिथिला शर्मालाई कीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ।

यस्तै प्रबल जनसेवाश्री अभिनेता तथा निर्देशक निर्मल शर्मा र कलाकार दयाहाङ राईलाई दिने घोषणा गरिएको छ। कलाकार प्रदीप खड्का, निर्देशक माधव राज खरेल, नृत्य निर्देशक शिवराम बिक, निर्देशक रमेश कोइराला, कलाकार सनम कठायत, अभिनेता कुमार बस्नेत र कलाकार मनोहर सुनाम परियारलाई जनसेवाश्री दिने राष्ट्रपतिले घोषणा गरेकी छन्।

नेपाल सेवा प्रवीण पाउनेको सूचीमा कलाकार सानु कान्छा शाही, प्रभाकार शर्मा, इन्द्र बहादुर खत्री र कष्ण बहादुर बिकको नाम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *