समानुपातिक उम्मेदवारको सूची तय गर्न बालुवाटारमा कांग्रेसको ७ ठाउँमा छलफल

डिसी नेपाल
३ असोज २०७९ १४:००
64
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची तयार गर्न छलफल गरिरहेको छ । सहमहामन्त्री भीष्मराज आङ्दाम्बेले आज नै बन्दसूची निर्वाचन आयोगमा बुझाइने बताए ।

कांग्रेसको संसदीय समितिको बैठकले समानुपातिक तर्फका उम्मेदवारको सूची प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले बनाइरहेको छ । सो बैठकमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी गराइएको छ ।

प्रदेशगत रूपमा बालुवाटारभित्र विभिन्न ७ स्थानमा उम्मेदवारको सूची बनाउने काम भइरहेको छ । उनीहरु आ–आफ्नो गृह प्रदेशका समानुपातिक उम्मेदवारको सूची बनाइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.