संक्रमणकालीन न्यायसम्बन्धी अध्यादेश ल्याउने हल्लामा सत्यता छैन : कानूनमन्त्री (भिडियोसहित)

डिसी नेपाल
४ असोज २०७९ १५:१८
48
Shares

काठमाडौं । कानुन,न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन् । मंगलबार एड्भोकेशी फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी बिधेयक अघि बढ्न नसकेको भन्दै अध्यादेशबाट अघि बढाउने कुरा हल्ला मात्र भएको बताए ।

उनले निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अहिलको स्वरुपमा अघि बढाउनेमा आफु ढुक्क रहेको धारणा राखे । संक्रमणकालीन न्यायसम्बन्धी कानून निर्माणमा केहि ढिलाई मात्र भएकाले निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाई छ । उनले इतिहासको बिषय भएका कारण सवै पीडितको सत्य न्याय र परिपुरणको अधिकारको सुनिश्चीत गर्न सफल हुने विश्वास व्यक्त गरे ।

त्यस्तै मन्त्री कोईरालाले सरकारले बिभिन्न मापदण्डका आधारमा द्धन्दपीडितको बर्गिकरण गरिएको जानकारी दिए ।

भिडियोसहित: 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.