रवि शुक्रबार मात्रै छुट्ने

डिसी नेपाल
३ पुष २०८२ १९:२८
2.7k
Shares

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने शुक्रबार मात्रै रिहा हुने भएका छन्।

उच्च अदालत बुटवलको आदेशअनुसार उनी शुक्रबार मात्रै रिहा हुने भएका हुन्। जिल्ला अदालत रुपन्देहीबाट कागजात लिएपछि मात्रै उनी अदालतले तोकेको धरौटी बुझाएर रिहा हुने छन्।

पुर्जी लिन शुक्रबार रवि रहवा पुगेपछि औपचारिक रुपमा रिहा हुनेछन्। उनलाई उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले २ करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *