हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१० असोज २०७९ ८:२५

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राकाे विनिमय दर सार्बजनिक गर्दै अमेरिकी डलर एकको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १२९ रुपैयाँ ८९ पैसा रहेको छ।

युरोपियन यूरो एकको खरिद दर १२५ रुपैयाँ ३१ पैसा र बिक्री दर १२५ रुपैयाँ ८९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ ०३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४० पैसा र बिक्री दर ८४ रुपैयाँ ७९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५७ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०२ पैसा र बिक्री दर ९ रुपैयाँ ०६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १४ पैसा र बिक्री दर १८ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ३२ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३० पैसा र बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ०९ पैसा र बिक्री दर ९ रुपैयाँ १३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *