दुई महिनामा पौने १८ अर्बको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात

डिसी नेपाल
१० असोज २०७९ १०:४२

काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको हो।

सो अवधिमा कुल १७ अर्ब ७० करोड ५८ लाख ४८ हजार रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको विभागले जनाएको छ। उक्त मूल्यमा ८ करोड ६८ लाख ६८ हजार ११८ लीटर कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपालले आयात गरेको छ।

विभागका अनुसार गत साउन र भदौ महिनामा ९ अर्ब ८ करोड ५४ लाख २३ हजार रुपैयाँको ४ करोड २ लाख ६७ हजार २८३ लीटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ। सोही समयमा विभिन्न देशबाट ६ अर्ब ६१ करोड ७० लाख २९ हजार रुपैयाँको ३ करोड ६६ लाख ८० हजार ५२४ लीटर कच्चा पाम तेल नेपालमा आएको छ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ अर्ब ३३ लाख ९५ हजार रुपैयाँको ९९ लाख २० हजार ३११ लीटर कच्चा सनफ्लावर तेल नेपालले आयात गरेको छ।

विभागका अनुसार अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्याण्ड, रुस, युक्रेन लगायतका देशबाट नेपालमा कच्चा भटमास, सनफ्लावर र पाम तेल आउने गरको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *