मंगलबार ४ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
११ असोज २०७९ १०:४८

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ।

सोमबार प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ९ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ५० पैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ६० सय रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *