अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१५ असोज २०७९ ७:१०

काठमाडौँ। शनिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६० पैसा र बिक्री दर १३१ रुपैयाँ २८ पैसा रहेको थियो ।

युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ७० पैसा र बिक्री दर १२७ रुपैयाँ ७९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५६ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ७५ पैसा र बिक्री दर ८५ रुपैयाँ ३४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ०३ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २७ पैसा र बिक्री दर १८ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ५७ पैसा र बिक्री दर ३४ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ  छ भने बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ०५ पैसा र बिक्री दर ९ रुपैयाँ १० पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *