कुमारी बैंकले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
१५ असोज २०७९ ७:४१

काठमाडौँ। कुमारी बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।  बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट  १२.५० प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि विवरण गरिने जनाएको छ। हाल बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ रहेको छ।

हालै कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने सम्झौता भएको थियो। जसका कारण यी दुवै बैंकको सेयर कारोबार रोक्का रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *