मंगलबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१८ असोज २०७९ ७:३५

काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४६ रुपैयाँ २१  पैसा र बिक्री दर १४६ रुपैयाँ ८९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ २९ पैसा र बिक्री दर ८४ रुपैयाँ ६८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ०१ पैसा र बिक्री दर ९ रुपैयाँ ०५ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३७ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ७६ पैसा र बिक्री दर ३४ रुपैयाँ ९२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ०६ पैसा र बिक्री दर ९ रुपैयाँ १० पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *