अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१९ असोज २०७९ ८:३४

काठमाडौँ। बुधबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ७१ पैसा र बिक्री दर १२९ रुपैयाँ ३० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४८ रुपैयाँ ०१ पैसा र बिक्री दर १४८ रुपैयाँ ६९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ३९ पैसा र बिक्री दर ८४ रुपैयाँ ७८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९१ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र बिक्री दर ९ रुपैयाँ ०३ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २९ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १२ पैसा र बिक्री दर ९ रुपैयाँ १६ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *